आईएमई पेको 'तिमीलाई पनि, मलाई पनि' अफर

 चैत ३०, २०७९ बिहीबार १३:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै 'तिमीलाई पनि, मलाई पनि' नामक अफर सार्वजनिक गरेको छ । 

यही चैत २९ देखि आउँदाे भदाै २६ गतेसम्म चल्ने याे अफरमा ग्राहकले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउनेछन् । पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनाेट गरिनेछ । यस अफरअन्तर्गत पैसा पठाउने ग्राहबाट एक जना तथा पैसा पाउने ग्राहकबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ । 

यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सबै ग्राहकले याे पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै विद्युतीय भुक्त्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया