११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

 चैत ३०, २०७९ बिहीबार १६:३३:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षाैँदेखि अलपत्र परेकोमा हिजो बुधवार एक संयुक्त विज्ञप्तिमा निकालेर दुवै देशले कन्सुलर सेवा र उडानहरू सुरु गर्न सहमति जनाएका हुन् ।

सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएयता पहिलो पटक सिरियाली विदेशमन्त्री फैसल मेकदादले हिजो साउदी अरबको भ्रमण गरेपछि यो घोषणा आएको हो । सिरियाली विदेश मन्त्रालयका अनुसार दुवै देशमा कन्सुलर सेवा स्थापना गर्ने, दुईतर्फी उडान सुरु गर्ने र आतङ्कवाद विरोधी प्रयासहरू बढाउन सहमति भएको छ । यो सहमतिले युद्ध कम गर्न, युद्धका असरलाई न्यूनीकरण गर्न, राष्ट्रिय मेलमिलाप हासिल गर्न र सिरियालाई अरब परिवेशमा फर्काउन योगदान पुर्‍याउनेछ ।

साउदी प्रेस एजेन्सीका अनुसार दुवै देशले मानवीय कठिनाइहरू समाधान गर्न र सिरियाका सबै भागमा सहयोग पुर्‍याउनका लागि उपयुक्त वातावरण प्रदान गर्न पनि सहमति जनाएका छन् । हिजै ट्युनिसिया र सिरियाले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुरु गर्न आ–आफ्ना दूतावास खोल्ने निर्णय गरेका थिए ।

पछिल्लो समय खाडी देशहरूले एक–अर्कासँगको सम्बन्ध पुनःस्थापना गर्दै लगेका छन् । बहराइन र कतार, इराक र इरान, इरान र साउदी अरब लगायतका देशले कुटनीतिक सम्बन्ध सुधारको सहमति गरिसकेका छन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया