चुनावलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँ : उमेशलाल श्रेष्ठ

 चैत ३०, २०७९ बिहिबार १९:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहनुभएका व्यवसायी उमेशलाल श्रेष्ठले महासङ्घको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताउनुभएको छ ।

बिहीवार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महासङ्घको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको चुनावमा नजाने निर्णयमा पुगेको बताउनु भयो । उहाँले दोस्रो चरणको चुनावमा आफूले र अञ्जनले पनि चार/पाँच करोड रुपैयाँ खर्च गर्न सक्ने अवस्थामा भए पनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताउनुभयो ।

श्रेष्ठले महासङ्घको निर्वाचन पद्धति खराब भएको टिप्पणी गर्नुभयाे । उहाँले महासङ्घको विधानलाई पुनः लेखन गर्नुपर्ने बताउनुभयो । आफू बाचुन्जेल महासङ्घमा नै रहने उहाँकाे भनाइ छ । उहाँले महासङ्घको नयाँ नेतृत्वले वैशाख २ गतेदेखि महासङ्घलाई सबैको बनाउन सुझाव दिनुभयो ।

श्रेष्ठले महासङ्घका निर्वाचित नेतृत्व आउँदा दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले महासङ्घको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया