यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।
बिहीवार महासङ्घको अध्यक्षको रूपमा शपथ लिएपछि ढकालले आफ्नो कार्यकालमा मुख्य पाँच वटा कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो । जिल्ला, नगरबाट आएका मागहरू तत्काल समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । पछिल्लो समय कोरोना महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने उहाँकाे भनाइ छ ।
अध्यक्ष ढकालले महासङ्घमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा महासङ्घमा केही न केही सुधार गर्ने बताउनुभयो ।
महासङ्घको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले आजै महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अध्यक्षलाई पद तथा गोपनीयताको शपथपछि बोल्दै निवर्तमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका पाँच प्रतिबद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।