राष्ट्र सङ्घका महासचिव गुटरेसमाथि जासुसी गरेको अमेरिकी सङ्केत

 बैशाख १, २०८० शुक्रबार ९:१२:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ ।

इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत छ । केही दस्ताबेजमा गुटरेस र उहाँका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।

महासचिव गुटरेस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीले चासो व्यक्त गरेका छन् । चुहिएका गोप्य दस्ताबेजबारे अमेरिकी अधिकारीले ती कसरी सार्वजनिक भए भनेर खोज्न थालेका छन् । ती दस्ताबेजमा रुस–युक्रेन युद्ध र कयौँ अफ्रिकी नेताहरूका बारेमा उल्लेख गरिएको छ । चीनले पनि अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया