वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

 वैशाख १, २०८० शुक्रबार ११:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् ।

नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

निर्णय अनुसार व्यक्तिगत मुद्दती खातामा बैंकले अब अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । संस्थागत खातामा बैंकले ७ दशमलव ९ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज रहेको थियो ।

त्यस्तै, साधारण बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि बैंकहरूले बचतमा न्यूनतम् ६ प्रतिशत ब्याज दिँदै आएका थिए ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया