केन्यामा ‘येशुलाई भेट्ने’ नाममा भोकभोकै बस्दा ४ जनाकाे ज्यान गयाे

 वैशाख १, २०८० शुक्रबार १९:३४:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको ज्यान जानुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रवार पुष्टि गरेको छ । मालिन्दी शहरकाे एक निजी फार्ममा दर्जनौँ मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।

रिपोर्टअनुसार यो ‘येशुलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए । उनीहरूलाई यस किसिमको प्रचार गरी येशुलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो । उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो तर यस क्रममा चार जनाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात ठाउँमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए । 

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक बेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासका लागि आह्वान गरेका छन् ।

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ओम प्रकाश न्यौपाने

    April 14, 2023, 9:15 p.m.

    सनातन हिन्दु र बौद्ध धर्ममा मुक्तिको बाटो खोजौ।

  •  1 Reply

तपाईको प्रतिक्रिया