फ्रान्स सरकारले व्यापक विरोधकाबीच निवृत्तिभरणको उमेर दुई वर्ष बढायो

 वैशाख २, २०८० शनिबार १८:२४:४८ | एजेन्सी
unn.prixa.net

फ्रान्समा सरकारले व्यापक विरोधकाबीच निवृत्तिभरण प्राप्तिको उमेर बढाएको छ । निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा राष्ट्रपति इमानुएल म्याक्रोँले हस्ताक्षर गरेसँगै निवृत्तिभरण पाउने उमेर दुई वर्ष बढेको एएफपीले जनाएको छ ।

नयाँ व्यवस्था आउँदो सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुभएको हो । निवृत्तिभरण प्राप्तिको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष कायम गरिएको छ ।  

राष्ट्रपति म्याक्रोँले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन सुधार गरिएको बताउनुभएको छ । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरेको छ । परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनककारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ ।

पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही मे १ अर्थात् मजदुर दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।  
 

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया