सुडानको सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चल्दै

 वैशाख २, २०८० शनिबार १९:३:४४ | एजेन्सी
unn.prixa.net

सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आर.एस.एफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको बीबीसीले जनाएको छ ।

सुडानी सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सेनाले लडाइँ गरिरहेको बताएको छ । खार्तुम सहित सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन् । भीषण भिडन्तबाट आफूलाई जोगाउन मानिसहरू संघर्ष गरिरहेका छन् । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । धेरै मानिसले विद्यालयमा आश्रय लिइरहेका बीबीसीले जनाएको छ ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ ।

परिषदको प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जेनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ । नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर.एस.एफ. ले समायोजन १० वर्ष पछि गर्न चाहेपनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।   
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया