सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाइँमा ५६ जनाको ज्यान गयो

 वैशाख ३, २०८० आइतबार १९:४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सुडानमा हिजो शनिवारदेखि चलिरहेकाे लडाइँमा परि अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको लडाइँमा अरू छ सय जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । डार्फर क्षेत्र लगायतमा पनि लडाइँ चलिरहेकाे छ । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाकाे विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिका बनाएको छ । आरएसएफले समायोजन १० वर्षपछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आरएसएफबीच विवाद छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया