एनसेल प्रिजेन्टस् १६औँ दरबारमार्ग सडक महोत्सव 'पर्पल स्याटर्डे' भव्य रुपमा सम्पन्न

 वैशाख ४, २०८० सोमबार १३:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाण्डौको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भयाे । 

“नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम” भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासङ्घको विशेष सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसाेसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

 
 
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाण्डौ महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवम् संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मूल उद्देश्य रहेको थियो । 

काठमाण्डौ उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ बिहान ११ बजेदेखि सुरु भएको थियो । गीतसङ्गितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भएदेखि बेलुकासम्म १ लाख ५० हजार जनाभन्दा बढी मानिसहरुले महोत्सवमा भाग लिएका थिए । 


 
यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा साङ्गितिक समूहहरुले आ–आफना प्रस्तुति रहेका थिए । कुटुम्ब, दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनि, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । 

महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो । सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडीज् आइसक्रिम रहेका थिए । 

पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया