ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – हिजो आइतवार सामान्य घटेको शेयर बजार आज साेमवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नाै सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै उन्नति लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।