पोल्यान्ड र हङ्गेरीमा युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्ध

 वैशाख ४, २०८० सोमबार १८:५१:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका रोयटर्सले जनाएको छ ।

रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ । युक्रेनको अन्न युरोपेली सङ्घ (ईयू) मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीको भनाइ छ ।

तर ईयूले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको रोयटर्सले उल्लेख गरेको छ । पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले युक्रेनी अन्न प्रतिबन्धबारेमा ईयूसँग सम्पर्कमा रहेको र छलफलबाट समाधान खोज्ने बताउनुभयो । पोल्यान्ड र हङ्गेरी न्यायिक स्वतन्त्रता, मिडिया स्वतन्त्रता अधिकारलगायत मुद्दामा ईयूसँग लामो समयदेखि विवादमा छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया