सुडानमा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ पुग्यो

 वैशाख ५, २०८० मंगलबार ९:२६:२२ | एजेन्सी
unn.prixa.net

सुडानको राजधानी खार्तुममा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ जना पुगेको छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार तीन दिनको लडाइँमा एक हजार ८ सय जनाभन्दा धेरै घाइते भएका छन् । सुडानमा सेना र अर्धसैनिक बलबीच शनिवारदेखि झडप हुँदै आएको छ । सुडानका लागि युरोपेली सङ्घका राजदूत एडन ओहाराको खार्तुममा रहेको घरमा पनि आक्रमण भएको बीबीसीले जनाएको छ ।

निरन्तर लडाइँ भैरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खार्तुमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा सेना र अर्धसैनिक बल (आर.एस.एफ) बीच मुख्य विवाद छ। 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया