शेयर बजार ३ अङ्कले घट्याे

 वैशाख ५, २०८० मंगलबार १५:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज (मङ्गलवार) सामान्य घटेको छ । हिजो (साेमवार) २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर एक हजार नौ सय चार दशमलव नौ आठ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया