अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले डोमिनियनलाई ७८ करोड ७५ लाख डलर तिर्ने

 बैशाख ६, २०८० बुधबार १७:४६:२८ | एजेन्सी
unn.prixa.net

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले भोटिङ मेशिन कम्पनी डोमिनियनलाई ७८ करोड ७५ लाख अमेरिकी डलर तिर्ने भएको छ ।

सन् २०२० मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावको समयमा डोमिनियनको भोटिङ मेशिनले गलत सूचना प्रवाह गरेको भन्दै समाचार प्रकाशन गरेको विषयमा फक्स न्युजले क्षतिपूर्ति तिर्ने भएको बीबीसीले जनाएको छ । फक्स न्युजले प्रत्यक्ष प्रसारणको क्रममा राष्ट्रपतीय चुनावमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध डोमिनियनको भोटिङ मेशिन प्रयोग गरिएको आरोप लगाएको थियो ।  

फक्स न्युजले चुनावको समयमा प्रकाशन गरेको गलत समाचारले आफ्नो कम्पनीलाई क्षति पुगेको भन्दै डोमिनियनले एक अर्ब ६० करोड डलर मागदाबी गरेको थियो । अदालतको आदेश आउनुअघि नै दुवै कम्पनीबीच मागदाबी गरेको झन्डै आधा रकम फक्स न्युजले तिर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया