युक्रेनलाई हतियार नपठाउन दक्षिण कोरियालाई रुसको चेतावनी

 वैशाख ६, २०८० बुधबार १९:५५:२२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसले युक्रेनलाई हतियार नपठाउन दक्षिण काेरियालाई चेतावनी दिएकाे छ । सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा किभलाई सम्भावित सैन्य सहायताका लागि ढोका खोलेपछि रुसले बुधवार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको हाे ।

वाशिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधवार रोयटर्ससँग भन्नुभयो, ‘यदि अन्तर्राष्ट्रिय समुदायले नागरिकमाथि कुनै पनि ठूलो स्तरको आक्रमणलाई स्वीकार्न नसक्ने अवस्था आयो भने मानवीय वा आर्थिक सहायतामा मात्र जोड दिन हामीलाई गाह्रो हुन सक्छ ।’

क्रेमलिनले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, दुर्भाग्यवश सियोलले अमैत्रीपूर्ण कदम चालेको छ । हतियार आपूर्ति सुरु हुनुको अर्थ अप्रत्यक्ष रूपमा यस द्वन्द्वमा संलग्नताको एक निश्चित चरण हुनेछ ।

सन् २००८ देखि २०१२ सम्म रुसका राष्ट्रपति रहेका रुसका पूर्वनेता दिमित्री मेदभेदेवले पनि यस्तो चेतावनी दिनुभएको थियो । मेदभेदेवले मस्कोले उत्तर कोरियालाई हतियार पठाउन सक्ने बताउनुभएको थियो । 

उहाँले भन्नुभयो, ‘मलाई आश्चर्य लागेको छ । यो देशका बासिन्दाले आफ्ना निकटतम छिमेकीहरू अर्थात् उत्तर कोरियाका हाम्रा साझेदारहरूसँग रुसको पछिल्लो हतियार देखेपछि के भन्नेछन् ?’

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया