यमनमा आर्थिक सहयोग वितरणस्थलमा भागदौड मच्चिँदा ७८ जनाको ज्यान गयो

 बैशाख ७, २०८० बिहिबार ८:८:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यमनमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले जनाएको छ ।

सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए ।

पर्याप्त सुरक्षा र योजनाविना रकम सहयोग गरेको भन्दै सरकारले रकम वितरण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै साना सहर हुथी विद्रोहीको नियन्त्रणमा छ । पछिल्ला वर्षहरुमा हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया