शेयर बजार झन्डै १६ अङ्कले घट्याे

 वैशाख ७, २०८० बिहीबार १५:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताकाे अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नाै सय शून्य चार विन्दुमा झरेकाे छ । 

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

नेप्से घटे पनि आज काराेबार रकम भने हिजाेकाे भन्दा केही बढेकाे छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ कराेड ३३ लाख रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंककाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र आदर्श लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आज कालिञ्चाेक दर्शन लिमिटेडकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया