पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतको गुजरातमा सन् २००२ मा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले सफाइ दिएको छ ।
अहमदाबाद अदालतले हिजो एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दु समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै यो विषयको मुद्दा समाप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षअघि ११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परि ५९ जना हिन्दु तीर्थयात्रीको ज्यान गएको थियो ।
लगत्तै भड्किएको धार्मिक हिंसामा कम्तीमा एक हजार नागरिकले ज्यान गुमाएका थिए । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसबेला गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । यो घटनालाई नजरअन्दाज गरेको मोदीमाथि आरोप थियो । उहाँलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।
भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कुल १ सय ८८ जना दोषी ठहर भएका छन् भने ३ सय १३ जनाले सफाइ पाएका छन् । विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मदले फैसलाप्रति असन्तुष्टि जनाउँदै गरेको ट्विटरमा गुजरातको न्याय प्रणाली ‘ढोङ्ग’ भएको टिप्पणी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।