एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - आर्थिक सङ्कटका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ ।
ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ । बढ्दो महँगी, खस्कँदो व्यवसाय लगायतका कारण ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् ।
निर्माण क्षेत्रसँग जोडिएका व्यवसायीहरुको आम्दानीसमेत घटेपछि बैंकहरुको ऋण असुली कम भएको छ । पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण पनि खराब कर्जा अनुपात बढेको बैङ्कर्सहरु बताउँछन् । खराब कर्जा बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ । चैतसम्ममा २१ वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । पोहोरको तुलनामा ११ दशमलव ६७ प्रतिशतले नाफा बढेको हो ।
खराब कर्जा कम हुने बैंकहरुको नाफा वृद्धिदर धेरै देखिएको छ भने खराब कर्जा धेरै बढेका बैंकहरुको नाफा वृद्धिदर कम छ । चैतमा सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा अनुपात ४ दशमलव ५६ प्रतिशत पुगेको छ ।
कृषि विकास बैंकको खराब कर्जा अनुपात ४ दशमलव ३५ र नेपाल बैंकको ४ दशमलव १६ प्रतिशत छ । चैतमा सबैभन्दा कम खराब कर्जा अनुपात एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ । एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम रहेको छ ।
चैतसम्म सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एसियाले ४ अर्ब १ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड नाफा आर्जन गरेका छन् ।
सातवटा बैंकको नाफा भने पोहोरको तुलनामा घटेको देखिएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको नाफा ४५ दशमलव ३६ प्रतिशतले घटेको छ । सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंकको पनि खराब कर्जा बढ्दा अघिल्लो वर्षको तुलनामा खुद नाफा केही घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।