मोरक्कोको नौसेनाद्वारा स्पेन गइरहेका ५ सय २५ जना आप्रवासीको उद्धार

 वैशाख ८, २०८० शुक्रबार १६:२:४३ | एजेन्सी
unn.prixa.net

मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका पाँच सय ५२ आप्रवासीलाई उद्धार गरेको छ । महिला र नाबालिगसहित आप्रवासीहरू प्रायः उप–सहारा अफ्रिकाका रहेको सैन्य विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूमध्यसागर र एटलान्टिकमा कार्यरत मोरक्कन शाही नौसेनाका कोस्टगार्ड एकाइहरूले विभिन्न कारबाहीका क्रममा आप्रवासीहरूलाई उद्धार गरेका छन् । केही आप्रवासीहरूको स्वास्थ्य अवस्था खराब रहेको र उनीहरूलाई बन्दरगाहहरूमा फिर्ता ल्याइनुअघि नौसेनाबाट प्राथमिक उपचार प्रदान गरेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

मोरक्को युरोप पुग्न खोज्ने उप–सहारा अफ्रिकी आप्रवासीहरूका लागि महत्त्वपूर्ण 'क्रसिङ प्वाइन्ट' भएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया