बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा राजीनामा

 वैशाख ९, २०८० शनिबार ६:४५:२८ | एजेन्सी
unn.prixa.net

बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले हिजो पदबाट राजीनामा दिनुभएको छ । विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको आरोपपछि उहाँले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

सरकारी कर्मचारीसँग गरेको व्यवहारबारे औपचारिक उजुरीपछि राबले गएको नोभेम्बरमा नै जाँचको अनुरोध गर्नुभएको थियो । लगत्तै प्रधानमन्त्री ऋषि सुनकले वरिष्ठ वकिल एडम टालीलाई स्वतन्त्र अनुसन्धानको नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो ।

राबले ट्विटमार्फत् प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामाको जानकारी गराउनुभएको छ । उहाँ आफ्नो व्यक्तिगत आचरणका कारण सुनक नेतृत्वको सरकारबाट राजीनामा दिने तेस्रो वरिष्ठ मन्त्री हुनुहुन्छ । यसअघि मन्त्रिपरिषद्का सदस्य गेभिन विलियम्सनले गएको नोभेम्बरमा राजीनामा दिनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री सुनकले जनवरीमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नाधिम जहावीलाई बर्खास्त गर्नुभएको थियो । गएको अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सुनकले ‘निष्ठा, व्यावसायिकता र जवाफदेहीता’ को सरकारको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया