अमेरिकामा घरजग्गाको कारोबार घट्यो

 वैशाख ९, २०८० शनिबार १४:७:३१ | एजेन्सी
unn.prixa.net

अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । अघिल्लो महिना मार्चको एक तथ्याङ्क अनुसार अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो ।

अमेरिकाको नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्त्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ ।

रियल स्टेट बजारले गएको वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्र र क्रयशक्तिमा आएको कमीका कारण घरजग्गाको कारोबार घट्न पुगेको अर्थविज्ञको भनाई छ ।

धेरैजसो मानिस अहिले बाँच्नका लागि मात्रै पैसा कमाइरहेका र त्यसबाट अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको अर्थशास्त्री निक जोन्सनले बताउनुभएको छ ।

तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिना फेब्रुअरीको तुलनामा मार्चको अन्त्यसम्म एक प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया