राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले समस्याको समाधान वार्ताबाटै खोजिनुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपति सिल्भाले युद्धको लागि किएभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा किएभलाई गोलाबारुद आपूर्ति गर्न आफूहरु पश्चिमी देशहरुसँग सामेल नभएको प्रस्ट पार्नुभएको छ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग लिस्बनमा भएको भेटपछि उहाँले आफूहरु वार्ताद्वारा नै राजनीतिक समाधानको समर्थन गर्ने बताउनुभयो । यसअघि गएको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका उहाँले अप्रिल महिनाको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि रुस–युक्रेन युद्धको विषयमा छलफल गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।