नेपालमा लुकेको भनिएका अमृतपाल सिंह भारतमै पक्राउ

 वैशाख १०, २०८० आइतबार ९:१२:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी हिन्दी

स्वायत्त राज्य खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पञ्जाबको मोगाबाट पक्राउ परेका पञ्जाबका प्रहरी अधिकारीले आधिकारिक रुपमा पुष्टि गरेका छन् । पञ्जाब पुलिसले ट्विट गरी सिंह पक्राउ परेका जानकारी दिएको छ ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै सिंहले ‘वारिस पञ्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए । संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको यसअघि नेपालमा रहेकाे भारतीय दूतावासले दाबी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

लामो समय दुबईमा बसेर उनी गएको वर्ष अगष्टमा पञ्जाब फर्किएका थिए । यसअघि पञ्जाबबाट उनका काका र थुप्रै समर्थकलाई पक्राउ गरी छाडिएको थियो । तर उनी गएको मार्चदेखि फरार थिए । उनका बुबा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पञ्जाब प्रहरीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न पनि अनुरोध गरेको बीबीसी हिन्दीले जनाएको छ । सिंहमाथि विभिन्न १६ वटा मुद्दा दर्ता छन् । उनी र उनका समर्थक तथा सहयोगीलाई समाजमा घृणा फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया