जीवहरू लोप हुनबाट रोक्ने समय घर्किँदै

 वैशाख १०, २०८० आइतबार २०:३१:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

वैज्ञानिकहरूले जीवहरू लोप हुनबाट रोक्ने समय घर्किँदै गरेको चेतावनी दिएका छन् । एउटा अध्ययनले प्रकृतिमा रहेका जीव तथा वनस्पतिहरूको सङ्ख्या घट्न नदिने महत्त्वाकाङ्क्षी लक्ष्य काबुबाहिर पुगेको देखाएको भन्दै वैज्ञानिकहरूले तत्कालै कदम नचाले जीवहरू लोप हुनबाट जोगाउने प्रयासका लागि लामो समय लाग्ने वा विश्वव्यापी जैविक विविधताको लक्ष्य पहुँचभन्दा बाहिर पुग्न सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ ।

जलवायु परिवर्तनको असर र जीवहरूको वासस्थान क्षेत्र गुम्ने विषयलाई कम आकलन गरिएको वैज्ञानिकहरूको भनाइ छ । रोयल सोसाइटी जर्नलमा प्रकाशित भएको अध्ययनले छ सयभन्दा धेरै प्रजातिका चरा र स्तनधारीहरूको जनसङ्ख्याको प्रवृत्तिबारे विश्लेषण गरेको छ । अध्ययनले मानव इतिहास सुरू भएयता नै सबैभन्दा धेरै बोटबिरुवा र जनावरहरू लोप हुने विन्दु आइपुगेको देखाएको छ ।

वैज्ञानिकहरूले नमुनाका रूपमा अघि सारिएका विगतका कार्यहरूले दशकौँको अवधिमा हुनसक्ने जलवायु परिवर्तन र वासस्थान क्षेत्रको असरलाई बेवास्ता गरेको पत्ता लगाएको बताएका छन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया