श्रीलङ्काबाट एक लाख बाँदर चीनमा बिक्री गर्ने योजनाको अधिकारकर्मीद्वारा विरोध

 वैशाख ११, २०८० सोमबार ९:८:४० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्काबाट एक लाख बाँदर चीनमा निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीले विरोध जनाएका छन् ।  

श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन ।

संरक्षणकर्मी र पशु अधिकारकर्मीले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानले झण्डै  ३० लाख टोक मकाक बाँदरलाई व्यवस्थापन गर्न सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन् ।  

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया