जोर्डनका एक सांसद हतियार तस्करीको आरोपमा इजरायलमा पक्राउ

 वैशाख ११, २०८० सोमबार १६:११:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले हतियार तस्करीको आरोपमा जोर्डनका सांसदलाई पक्राउ गरेको छ । इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्यरूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्‍याएकाे आरोपमा पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आएका रिपोर्टअनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारेका छन् । यी हतियार र सुन एउटा कारमा भेटिएको बीबीसी हिन्दीले जनाएको छ । यो कार जोर्डनका सांसदको थियो ।

सांसद ओडवान हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको छ । जोर्डनका अर्का सांसद आन्द्रे हवारीले भने आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गर्नुभएको बीबीसी हिन्दीले जानएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया