‘चीनबाट बढ्दो खतरा’ को सामना गर्न अस्ट्रेलियाले लामो दुरीको थप क्षेप्यास्त्र किन्ने

 वैशाख ११, २०८० सोमबार २०:३०:५४ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाले ‘चीनबाट बढ्दो खतरा’ को सामना गर्न लामो दुरीको थप क्षेप्यास्त्र खरिद गर्ने भएको छ । अस्ट्रेलियाले एक करोड ९० लाख अस्ट्रेलियन डलर खर्च गरेर थप क्षेप्यास्त्र खरिद गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

देशको रक्षा मामिलासम्बन्धी समीक्षाले द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डी.एस.आर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने चीनको पटक–पटकको धम्कीका कारण थप क्षेप्यास्त्र आवश्यक रहेको निष्कर्ष निकालेको आधारमा क्षेप्यास्त्र खरिदको निर्णय भएको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले भविष्यलाई पर्खनुभन्दा आफूहरूले भविष्यलाई आकार दिने गरी तयारी गरेको बताउनुभएको छ । अब खरिद गर्ने अस्त्रहरूमा भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा पाँच सय किलोमिटरभन्दा लामो दुरीमा प्रहार गर्न सक्ने क्षमतासहितका अस्त्रहरूमा केन्द्रित हुने रक्षामन्त्री रिचर्ड मार्ल्सले बताउनुभएको बीबीसीले जनाएको छ ।

सन् २०२२ मा एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि सबैभन्दा नराम्रो अवस्था आउन थालेको चेतावनी दिएको थियो । चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने विज्ञ समूहले जनाएको छ । गएको महिना अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई २२० क्रुज क्षेप्यास्त्रहरू बेच्न स्वीकृति दिएको थियो । जसको मूल्य ८५ करोड ५० लाख अमेरिकी डलर हो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया