बङ्गालको खाडीमा हातखुट्टा बाँधिएको अवस्थामा दश जना माझीको शव भेटियो

 वैशाख १२, २०८० मंगलबार ९:४३:१४ | एजेन्सी
unn.prixa.net

बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जना माझीको शव फेला परेको छ ।

माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र उनीहरुको शव फेला परेको बङ्लादेशको कोक्स बजार सदर पुलिस कार्यालयका प्रमुख रफिकुल इस्लामले जानकारी दिनुभएको छ । उनीहरु सबैको हातखुट्टा बाँधिएको थियो । स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

लुटेराको समूहले करिब १० दिन अघि नै माझीलाई आक्रमण गरेर मारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया