द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू

 वैशाख १२, २०८० मंगलबार ११:३७:३८ | एजेन्सी
unn.prixa.net

द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ । युद्धरत सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफबीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई पक्षबीच गएराति ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको खबरमा उल्लेख गरिएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनका अनुसार ४८ घण्टाको लामो वार्ता पछि युद्ध विराम गर्ने सहमति बनेको हो । सुडानमा सेना र अर्धसैनिक बलबीच भएको सङ्घर्षमा अहिलेसम्म चार सय जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

युद्ध विरामको घोषणा भएसँगै त्यहाँ फसेका नागरिक सुरक्षित बाहिर निस्कन पाउनेमा आशावादी देखिएका छन् । पश्चिमा लगायतका कयौँ देशले युद्धविराम अघि नै आफ्ना नागरिकको उद्धार गरेका छन् । केही देशले भने अहिले पनि उद्धारकाे काम भइरहेको जनाएका छन् ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया