आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

 बैशाख १२, २०८० मंगलबार १७:५७:१५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।

स्वतन्त्रता र अधिकार खतरामा रहेको भन्दै उहाँले स्वतन्त्रता र अधिकारका लागि आफू दौडिरहेको बताउनुभएको छ । अमेरिकी इतिहासकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकाल सकिँदा ८६ वर्षको हुनुहुनेछ ।

बाइडेनभन्दा अघिका राष्ट्रपति डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपतिमा चयन हुनुभएको थियो । उमेरका कारण राष्ट्रपतिमा दोहोरिनु उपयुक्त हुन्न भन्ने मत रहे पनि डेमोक्र्याटिक उम्मेदवारीका लागि बाइडेनसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी नदेखिएकोले उहाँको उम्मेदवारीको सहज बाटो निश्चितजस्तै रहेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया