सुडानको केन्द्रीय प्रयोगशाला सेनाको कब्जामा, ‘खतरनाक भाइरसको जोखिम बढ्याे’

 वैशाख १२, २०८० मंगलबार १८:३१:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सुडानमा लडाइँ गरिरहेको सेनाकाे एउटा पक्षले केन्द्रीय प्रयोगशाला कब्जा गरेको कारण जैविक खतरा बढेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका सुडान प्रतिनिधि निमा सइद अबिदले भिडियो लिङ्कमार्फत कुराकानी गर्दै पोलियो र दादुरालगायतका रोगहरूको नमुना राख्ने केन्द्रीय प्रयोगशाला लडाइँ गरिरहेको एउटा पक्षले कब्जामा लिएको भन्दै यसले जैविक खतरा बढेको बताउनुभएभएको भारतीय सञ्चारमाध्ययम एनडीटिभीले जनाएको छ । लडाइँ गरिरहेको पक्षको कब्जामा यस्तो प्रयोगशाला पुग्नु अत्यन्तै खतरनाक हुने उहाँले बताउनुभएको छ ।

प्रयोगशाला कुन पक्षले कब्जा गरेको भन्ने नखुलाई अबिदले सशस्त्र समूहकाे एउटा पक्षले सबै कर्मचारीलाई बाहिर निकालेर प्रयोगशाला नियन्त्रणमा लिएको र यसबाट ठूलो दुर्घटनाको जोखिम रहने बताउनुभएको छ ।

सुडानमा सुडानी सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच लडाइँ चलिरहेको छ । आरएसएफको नेतृत्व पनि सेनाकै एक जनरेलले गर्दै आएका छन् । लडाइँमा चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । पश्चिमालगायतका कंयौँ देशले सुडानबाट आफ्ना नागरिकको उद्धार गरेका छन् । लडाइँ गरिरहेका दुई पक्षबीच आज बिहानदेखि ७२ घण्टे युद्धविराम लागू भएको छ । 

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया