सुडानमा सेना र अर्धसैनिक बलबीच भएको युद्धविरामको पालना भएन, विष्फोटका घटना जारी

 वैशाख १३, २०८० बुधबार ७:११:१७ | एजेन्सी
unn.prixa.net

सुडानमा सेना र अर्धसैनिक बलबीच ७२ घण्टे युद्धविराम भए पनि पालना भएको छैन । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौँ दिन हिजो बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको थियो । तर सुडानको सेना र र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ)बीच लडाइँ भैरहेको समाचार संस्था एपीले जनाएको छ ।

वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले झण्डै दु्ई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया