हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनाको हत्या

 वैशाख १३, २०८० बुधबार १०:१७:५४ | एजेन्सी
unn.prixa.net

हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनालाई नागरिकको भिडले हत्या गरेको छ । राजधानी पोर्ट ओ–प्रिन्स नजिकै घटना भएको हो ।

नागरिकले उनीहरु गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पेट्रोल छर्केर तथा ढुंगा हानेर हत्या गरेका बीबीसीले जनाएको छ । सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हैटीमा गुण्डा समूहको गतिविधि थप बढेको छ । गुण्डा समूह लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सोमबार प्रकाशित एक प्रतिवेदनका अनुसार यसै महिना अप्रिल १४ देखि १९ सम्म मात्रै गुण्डा समूहले १८ महिला र दुई बालबालिकासहित ७० जनाको हत्या गरेका थिए । प्रतिवेदनका अनुसार राजधानीमा असुरक्षाको अवस्था युद्धरत देशहरू जस्तै स्तरमा पुगेको छ । विद्यालय र स्वास्थ्य केन्द्रहरू बन्द गर्नुपर्ने बाध्यता छ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया