पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप एउटा भारतीय कफ सिरपको बारेमा चेतावनी जारी गरेको छ । डब्ल्यूएचओले गुआइफेनेसिन टीजी नामको सिरपको परीक्षण गरेको नमुनामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अनुमतिभन्दा बढी भेटिएको भन्दै चेतावनी जारी गरेको हो ।
डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल प्राणघातक हुन सक्छ । तर यो सिरप प्रयोग गर्नेहरूलाई परेको असरबारेमा भने डब्ल्यूएचओले नखुलाएको बीबीसी हिन्दीले जनाएको छ । तर यो सिरप उत्पादन गर्दै आएको क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले कम्पनीले सबै आवश्यक नियामकहरूबाट अनुमति लिएर कम्बोडियामा १८ हजारभन्दा बढी बोतलको ब्याच निर्यात गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
यसअघि डब्ल्यूएचओले भारतमा बनेको कफ सिरपका कारण गाम्बिया र उज्वेकिस्तानका बालबालिकाको ज्यान भएको भन्दै दुई वटा कफ सिरपमाथि चेतावनी जारी गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।