चिनियाँ राष्ट्रपति सी र युक्रेनी समकक्षी जेलेन्स्कीबीच टेलिफोन वार्ता

 वैशाख १४, २०८० बिहीबार ७:१०:४७ | एजेन्सी
unn.prixa.net

चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि दुई नेताबीच प्रत्यक्ष कुराकानी भएको यो पहिलो पटक हो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सी सँग आफ्नो लामो र महत्त्वपूर्ण कुराकानी भएको बताएका बीबीसीले जनाएको छ  । कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देश सधैँ शान्तिको पक्षमा रहेको र अहिले देखिएको सङ्कटसँग जुध्ने एक मात्र उपाय वार्ता भएकोमा जोड दिनुभएको  छ ।  उहाँले रुस र युक्रेनबीचको वार्तामा चीन मध्यस्तकर्ता बन्न समेत तयार रहेको उल्लेख गर्नुभएको छ । युक्रेनमा भएको आक्रमणको लागि चीनले रुसलाई अहिलेसम्म निन्दा गरेको छैन ।

रुसको कारबाहीलाई चीनले खुलेर समर्थन नगरे पनि दुई देशबीचको मित्रता बढेको छ ।  गएकाे महिना चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई दिने रुस भ्रमण गर्नुभएको थियो । लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि चिनियाँ राष्ट्रपति सी लाई आफ्नो देश भ्रमणको निम्तो दिनुभएको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया