राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जेसिन्डा आर्डर्नले छात्रवृत्तिमा अमेरिकाको हार्वड विश्वविद्यालयमा अध्ययन गर्नुहुनेभएको छ। आर्डर्नले हार्वड अन्तर्गतको केनेडी स्कुलमा छात्रवृत्ति कार्यक्रममार्फत् अध्ययन गर्ने विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
विश्वविद्यालयमा अध्ययन गर्न पाउँदा आफू निकै उत्साहित रहेको उहाँले उल्लेख गर्नुभएको छ । अब उहाँले अर्को चुनावमा उम्मेदवारी नदिने र बाँकी जीवन अध्ययन तथा समाजसेवामा बिताउने घोषणा गर्नुभएको छ। उहाँ ३७ वर्षको उमेरमा सन् २०१८ देखि गएको जनवरीसम्म न्युजिल्याण्डको प्रधानमन्त्री बन्नुभएको हो।
उहाँ विश्वकै कान्छी महिला राष्ट्रप्रमुख बन्नुभएको हो । गएको जनवरीमा जेसिन्डा आर्डर्नले अब आफूले पदमा रहेर देशको लागि योगदान गर्न कुनै कुरा बाँकी नरहेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।