रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनमा ५ जनाको ज्यान गयो

 वैशाख १५, २०८० शुक्रबार १२:३:५० | एजेन्सी
unn.prixa.net

रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

डिनिप्रो सहरमा एक महिला र तीन वर्षका एक बालकको ज्यान गएको छ। त्यस्तै, उमानमा आवासीय भवनमा भएको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । उमानमा नौ तले अपार्टमेन्टमा क्षति पुगेको छ ।

क्रेमेन्चुक र पोल्टाभा सहरमा पनि विस्फोटका घटना भएका बीबीसीले जनाएको छ।

कीएभका सैन्य प्रशासन प्रमुखले राजधानीमा पछिल्लो ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको जानकारी दिएका छन् । त्यहाँ भएको हताहतीबारे थप जानकारी आउन सकेको छैन । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया