बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण : ३३ जना सैनिकको ज्यान गयो

 वैशाख १६, २०८० शनिबार १२:११:७ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ । घटनामा ३३ जना सैनिकको ज्यान गएको छ ।

कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीवार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुवैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया