ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

 बैशाख १६, २०८० शनिबार १७:५४:५५ | एजेन्सी
unn.prixa.net

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ ।

ब्राजिलमा अर्थतन्त्रका मूख्य पाँच वटा क्षेत्रमध्ये उद्योग, निर्माण, वाणिज्य र सेवा क्षेत्रमा रोजगारी बढेको छ भने कृषि क्षेत्रमा रोजगारी घटेको छ । अहिले ब्राजिलमा ४ करोड ४२ लाख नागरिक औपचारिक रोजगारीमा रहेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया