अमेरिकाको टेक्सासमा गाेली हानी पाँच जनाको हत्या

 वैशाख १७, २०८० आइतबार ६:३८:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ ।

दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।

प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा गोली चल्दा पनि नौ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया