एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।
दिवसका अवसरमा कम्पनीले आज आइतवारदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।
अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने छ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।
'सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि' भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पवन सहनी
May 1, 2023, 6:13 p.m.के तमाशा गएको नेपाल दुर सन्चार ले NCELL ले त ३०० मा ३० GB डाटा ३० दिनका लागि दिएको छ। नेपाल दुर सन्चारले केही गर्नै खोजेको हो भने Ncell को भन्दा सस्तोमा दिनु पर्यो दिन्नै गार्हो भयो भने कम्तिमा उति पनि दिनु परेन।
Dhanbir singh dhami
May 1, 2023, 6:21 a.m.Kasri line sir
DHAKARAM BC
April 30, 2023, 10:33 p.m.मासिक भए अझै राम्रो हुन्थ्यो।
मान बहादुर दर्लामि मगर
April 30, 2023, 9:35 p.m.सधैलाइ राख्नु परे यति त के अफर भनी रहनु