राष्ट्र बैंकले अमेरिकी डलर सटहीकाे सीमा बढायाे

 बैशाख १७, २०८० आइतबार १८:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले इजाजत पाएका मनी एक्सचेन्जले नेपाली नागरिकसँग कारोबार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको सटही गर्न पाउने व्यवस्था गरेको हो । यसअघि पाँच सय अमेरिकी डलर बराबरमात्रै साट्न पाइन्थ्यो ।

तर भन्सार घोषणाको प्रमाणित नभएको तथा विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने बढीमा पाँच सय डलरसम्म मात्र साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ । त्यस्तै नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया