सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न जोर्डनमा क्षेत्रीय बैठक

 वैशाख १८, २०८० सोमबार ९:३५:३० | एजेन्सी
unn.prixa.net

सिरियामा लामो समयदेखि जारी द्वन्द्व तथा कुटनीतिक सम्बन्ध विस्तारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरू जोर्डनमा भेला भएका छन् । अम्मानमा हुन लागेको क्षेत्रीय बैठकमा इजिप्ट, इराक, जोर्डन, साउदी अरब र सिरियाका विदेशमन्त्री सहभागी हुँदैछन् ।

यो बैठक खाडी सहयोग परिषद्, जोर्डन, इराक र इजिप्टका देशहरूको परामर्श बैठकको निरन्तरता हो, जुन साउदी अरबले गएको अप्रिलमा आयोजना गरेको थियो । सन् २०११ मा द्वन्द्व सुरु भएदेखि नै राजनीतिक रुपमा एक्लिएका सिरियाका राष्ट्रपति बशर अल असदले अरब क्षेत्रमा कुटनीतिक सम्बन्ध सुधारमा भएको प्रगतिको लाभ लिने देखिएको छ ।

साउदी अरबको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा सिरियामा जारी सङ्कट अन्त्य गर्ने प्रयासमा अरब देशले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । सिरियामा भएको १२ वर्ष लामो युद्धका कारण झण्डै पाँच लाख मानिसको ज्यान गइसकेको छ । लाखाैँ मानिस शरणार्थी वा आन्तरिक रूपमा विस्थापित भएका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया