दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

 बैशाख १९, २०८० मंगलबार ६:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।

कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट  रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको अधिग्रहण गरेको हो ।

जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ । यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको घोषणा गरिएको थियो । फर्स्ट  रिपब्लिक बैँक अमेरिकाको चौधौँ ठूलो बैंक हो । यो बैँक टाट पल्टिएको घोषणापछि विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया