युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाको दाबी

 बैशाख १९, २०८० मंगलबार ११:१६:१७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाले दाबी गरेको छ । थप ८० हजारभन्दा धेरै सैनिक घाइते भएका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभएको छ ।

रुसी सैनिकले भोग्नुपरेको क्षतिबारेको यो संख्या अमेरिकी अनुमान भएको बीबीसीले जनाएको छ । अमेरिकाले डिसेम्बरको सुरुदेखि नै बाख्मुतमा भएको नोक्सानीको तथ्याङ्क राखेको जनाएको छ । युद्धमा ज्यान गुमाउनेमध्ये आधा भन्दा धेरैको संख्यामा भाडाका सैनिक रहेका छन् ।

रुसले गएको वर्ष फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेको थियो । मस्कोले युक्रेनको बाख्मुतमा धेरैजसो भू–भाग कब्जा गरेको छ । तर युक्रेनी सेना आफ्नो क्षेत्र सुरक्षित गर्न लागिपरेका छन् । डोनबास क्षेत्रको बाख्मुतमा आक्रमण गर्ने रुसको प्रयास निरन्तर असफल भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले बताउनुभएको छ । तर अमेरिकाले पीडित पक्ष भएकाले युक्रेनी हताहतको अनुमान नगरेको जनाएको छ ।

अमेरिकी तथ्याङ्कसहितको दाबीमा अहिलेसम्म रुसले कुनै टिप्पणी गरेको छैन ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया