यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर उपभाेक्ता मूल्यमा जम्मा एक दशमलव ८६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
आज मङ्गलवार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ८६ प्रतिशत हुने अनुमान गरेको हाे । यस्तै आधारभूत मूल्यमा भने वृद्धिदर दुई दशमलव १६ प्रतिशत पुग्ने अनुमान छ ।
सरकारले बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा अर्धवार्षिक समीक्षामार्फत सात प्रतिशतमा झारेको छ । तर अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको आर्थिक वृद्धि चार दशमलव चार प्रतिशत तथा विश्व बैंक र एसियाली विकास बैंकले चार दशमलव एक प्रतिशत वृद्धिदरको प्रक्षेपण गरेका छन् ।
उत्पादनमा कमी, आर्थिक चहलपहलमा देखिएको अन्योल, आयातमा कडाइ, उच्च ब्याजदर र कमजोर कर्जा प्रवाहका कारण आर्थिक वृद्धिदरमा कमी आउने देखिएको कार्यालयले जनाएको छ ।
यस्तै नेपालको अर्थतन्त्रको आकार झन्डै ५४ खर्ब रुपैयाँको पुग्ने अनुमान गरिएकाे छ । कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।