फ्रान्समा मे दिवसको अवसरमा विशाल विरोध प्रदर्शन, १ सय ८ जना प्रहरी घाइते

 वैशाख १९, २०८० मंगलबार १४:४४:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो सङ्ख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको लामो समयदेखि विरोध भइरहेको छ ।

मे दिवसको दिन हिजो पनि ठूलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेकामा केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरेसँगै झडप भएको बीबीसी हिन्दीले जनाएको छ । झडपमा प्रदर्शनकारी पनि घाइते भएका छन् तर उनीहरूको यकिन तथ्याङ्क भने छैन ।

फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया